एनपिएल च्याम्पियनले १ करोड ११ लाख पाउने

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएलको) विजेताले एक करोड ११ लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ । तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् । 

यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । शनिबार सुरु हुन लागेको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो । 

उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए ।  ८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ ।
 

सुझावित समाचार