स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण

रौतहटको गौर नगरपालिका– १ ट्रान्सफर्मर चोकबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित सोही ठाउँ बस्ने ५४ वर्षीय वीरेन्द्रकुमार जैसवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

सुझावित समाचार