कैलालीमा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ । बझाङको दुर्गाथली गाउँपालिका– ५, भलान्याका मोहन जप्रेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
गोदावरीबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०१–००१ ख ३२२८ नम्बरको बस सोमबार राति दुर्घटना भएको हो। मृतक जप्रेल उक्त बसका चालक हुन्। गोदावरी नगरपालिका– ४, वनदेवीमा गुडिरहेको बस अनियन्त्रित भएर दुर्घटना भएको बुझिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा थापाले बताए।
दुर्घटनामा चालक जप्रेल घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।