एनपिएलको ‘पावर्ड बाई’ प्रायोजकमा एनसेल

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को ‘पावर्ड बाई’ साझेदार बनेको छ। एनसेल र नेपाल क्रिकेट संघ (क्यान)ले साझेदारीको घोषणा गरेका हुन्। एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले गत हप्ता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको बताइएको छ।

नेपाल र आमउपभोक्ताहरूलाई सधैँ जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोससँग मेल खाने एनसेलले जनाएको छ। यो प्रतियोगितामा सबै टोलीले आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दै छन्। यसले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्ने एनसेलका सिइओ जाब्बोरले बताए।

जाब्बोरले भने, ‘यो साझेदारीले नेपालको क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो अपार प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ। यो हामीमा रहेको खेलकुद क्षेत्रप्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो। क्रिकेट र खेलकुदप्रतिको हाम्रो प्रतिबद्धता प्रशंसनीय छ। हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छौँ।’

एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङमार्फत एनपिएलका खेलहरू जुनसुकै स्थानबाट हेर्न सकिने सुविधा प्रदान गर्ने बताएको छ। यसका साथै एनसेलले खेलमैदानमा विभिन्न गतिविधिहरू आयोजना गर्दै यो प्रतियोगिताभर ग्राहकका लागि विभिन्न योजनाहरू पनि ल्याउनेछ।

सुझावित समाचार