रविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी

सोमबार, ३ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको यो तेस्रोपटक हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेकवर्कमा लगि अपचलन गरिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविराज जोशी, कुमार रम्तेल, गीतेन्द्रबाबु(जिबी) राई, देवेन्द्रबाबु राई, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, भूपेन्द्र राई, नवीन अछामीसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ । परिसरकै पत्रपछि सहकारीसँग जोडिएका २२ विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

सुझावित समाचार