गोरखा नगरपालिका–५ काे वडाध्यक्षका लागि १० जनाको उम्मेदवारी

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

उपनिर्वाचनमा गोरखाको गोरखा नगरपालिका–५ को रिक्त वडाध्यक्षका लागि १० जनाको मनोनयन दर्ता भएको छ। 

कांग्रेसका भाइकाजी आले, एमालेका दुर्गामाया थापा राना, माओवादी केन्द्रका विष्णुबहादुर रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापा, राप्रपाकी कल्पना राना, नेकपा (एस) का खड्गबहादुर भुजेल, नेपाल समाजवादी पार्टीका रूपेश मंग्राती, राप्रपा नेपालका रूपसिंह राना, मंगल नेसनल अर्गनाइजेसनका भवानी थापामगर र नेसनल रिपब्लिक नेपालकी सबिना तामाङले उम्मेदवारी दर्ता गराएका हुन्। 

०७९ को निर्वाचनमा एमालेका खिलबहादुर राना विजयी भएका थिए। रानाको १० कात्तिक ०७९ मा निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो। 
उपनिर्वाचनका लागि ६० जना मतदाता थप भएर दुई हजार २२५ जना मतदाता पुगेका छन्। यसअघि ०७९ मा सम्पन्न निर्वाचनमा दुई हजार १६५ जना मतदाता रहेका थिए।

सुझावित समाचार