हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

हात्तीको आक्रमणमा परी आज आइतबार बिहान झापाको दमक नगरपालिका– ३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको  मृत्यु भएको छ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन्। निजको घटनास्थलमा नै मृत्यु भएको हो।

सुझावित समाचार