विश्वकपमा छनोट भएका खेलाडीले जनही २ लाख ५० हजार पाउने

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

आइसिसी यू–१९ महिला विश्वकपमा स्थान बनाएका नेपाली महिला क्रिकेट टोलीका खेलाडीले जनही दुई लाख ५० हजार पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एसिया छनोट च्याम्पियन टिम र अफिसियललाई पुरस्कृत गर्ने घोषणा गरेको हो। क्यानका अनुसार खेलाडीले २ लाख ५० हजार तथा अफिसियलले एक लाख ५० हजार पाउनेछन्।

नेपालले बुधबार युएईलाई ८ विकेटले हराउँदै नेट रनरेटका आधारमा शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान बनाएको थियो। दोस्रो संस्करणको विश्वकपको लागि नेपाल पहिलोपटक छनोट भएको हो।

नेपालले विश्वकपमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ। त्यसअघि मलेसियामै यू–१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने तालिका छ।

सुझावित समाचार