चार महिनामा हराए ७२७ मोटरसाइकल, भेटिए १७४ वटा मात्रै, प्रहरी भन्छ– सवारीधनी आफैँ चलाख हुनुपर्छ
काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीका घटना बढेका छन् । अधिकांश मोटरसाइकल पार्किङ गरेकै अवस्थामा हराउने गरेका छन् । जथाभावी पार्किङ गरिएका मात्र होइन, सुरक्षित स्थानमा राखिएका ठाउँबाट समेत मोटरसाइकल चोरी भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारी पार्किङ, निजी पार्किङ, सडक किनार पार्किङ र घरमै पार्किङ गरिरहेकै अवस्थामा पनि मोटरसाइकल चोरी भएका छन् । पछिल्लो चार महिनामा मात्रै धरहरा क्षेत्रको पार्किङबाट ३० वटाभन्दा बढी मोटरसाइकल हराएका छन् ।
एसएसपी उमाप्रसाद चतुर्वेदी प्रवक्ता, ट्राफिक प्रहरी कार्यालय
मोटरसाइकल चोरीका घटना बढिरहेका छन्, घरबाट पनि हराएको निवेदन आइरहन्छन् । आफ्नो सवारीसाधन चोरी हुन नदिन चालक चनाखो हुनुपर्छ । सकेसम्म मोटरसाइकल सिसिटिभीको निगरानी भएको स्थानमा पार्किङ गरी लक पनि गर्नुपर्छ । हराएमा जतिसक्दो छिटो प्रहरीलाई खबर गर्नुपर्छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदीले घरमै राखेका मोटरसाइकलसमेत हराएकाले सवारीधनी चलाख हुनुपर्ने बताउँछन् । ‘मोटरसाइकल चोरीका घटना बढिरहेका छन्, घरबाट पनि हराएको निवेदन आइरहन्छन्,’ उनले भने, ‘आफ्नो सवारीसाधन चोरी हुन नदिन चालक चनाखो हुनुपर्छ ।’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनामा ७२७ वटा मोटरसाइकल हराएको निवेदन परेको थियो । ०७७/७८ मा एक हजार ३५६, ०७८/७९ मा एक हजार ६०४, ०७९/८० मा एक हजार ८५०, ०८०/८१ मा एक हजार ४०२ मोटरसाइकल हराएका निवेदन थिए । यो उपत्यकाका तीन जिल्लाको मात्रै तथ्यांक हो ।
सवारीधनीले दिएको निवेदनका आधारमा ट्राफिक प्रहरीले हराएको मोटरसाइकल खोज्ने गरेको छ । तर, निवेदनअनुसार हराएका मोटरसाइकल भेटिएका छैनन् । हराएका मोटरसाइकल मुख्य त नियमित चेकजाँचका क्रममा पनि भेटिने गरेका छन् ।
०७७/७८ मा ३६७ वटा मोटरसाइकल भेटेर सवारीधनीलाई जिम्मा लगाइएको थियो । त्यस्तै, ०७८/७९ मा ४३४, ०७९/८० मा ४९९ र ०८०/०८१ मा ४१७ वटा मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाइएको छ । ०८१/८२ मा हराएकामध्ये १७४ वटा मोटरसाइल मात्रै भेटिएका छन् ।
मोटरसाइकल चोरीमा संलग्नमध्ये अधिकांश व्यक्ति यान्त्रिक ज्ञान भएका तथा ग्यारेजमा काम गरेका व्यक्ति छन् । प्रहरीले पक्राउ गरेकामध्ये अधिकांश व्यक्ति ग्यारेजमा काम गरेका तथा मोटरसाइकलको पार्टपुर्जा थाहा भएका व्यक्ति छन् । यसबाहेक कतिपय कुलतमा लागेका र बारम्बार चोरी कार्यमै संलग्न व्यक्तिहरूले पनि मोटरसाइकल चोरी लगेको भेटिएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी चतुर्वेदीले सवारीसाधन तोकिएको ठाउँमा पार्किङ गर्ने र लक गरेमा चोरीबाट बच्न सक्ने बताए । ‘जहाँ पायो त्यहीँ पार्किङ गरेका कारण पनि मोटरसाइकल हराउने गरेका छन् । घरबाट पनि चोरी भएकाले थप ख्याल गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सकेसम्म मोटरसाइकल सिसिटिभीको निगरानी भएको स्थानमा पार्किङ गर्ने, लक गर्ने र यदि हराएका जतिसक्दो छिटो प्रहरीलाई खबर गर्नुपर्छ ।’ पछिल्लो समय हराएका मोटरसाइकल खोजिदिन अनुरोध गर्दै निवेदन दिनेको संख्या बढे पनि खोजी गर्न भने कठिन अवस्था रहेको उनले बताए ।
चोरीका मोटरसाइकल ठाउँ र स्वरूप परिवर्तन गरेर चलाउने गरेको भेटिएको छ । उपत्यकाबाट चोरी भएका मोटरसाइकल मुख्य त पहाडी र तराईका भित्री बस्तीमा पुर्याउने गरिएको छ । कतिपयले मोडिफाई गरेर उपत्यकामै पनि चलाउने गरेको भेटिएको छ ।
नक्कली नम्बर प्लेट राख्ने, बाहिरी रंग परिवर्तन गर्ने, मोडिफाई गर्ने र ट्राफिक नपुगेको स्थानमा चलाउने गरेको कार्यालयका एसएसपी चतुर्वेदीले बताए । उनका अनुसार हाल भेटिएकामध्ये केही मोटरसाइकल मोडिफाई भएको अवस्थामा पनि भेटिएका छन् । प्रहरीका अनुसार कतिपयले बिमा क्लेम गर्नका लागि पनि जानाजान चोरी भएको भनेर निवेदन दिने गरेका छन् ।
हराउनेमध्ये सबैभन्दा बढी पल्सर बाइक
उपत्यकाका विभिन्न स्थानबाट चोरी हुनेमध्ये पल्सर बाइक धेरै छन् । पल्सर बाइकको लक सिस्टम सहज भएकाले पनि बढी चोरी हुने गरेको ट्राफिक प्रहरीको ठम्याइ छ । त्यसपछि होन्डा कम्पनीका बाइक चोरी हुने गरेका छन् । तर, आधुनिक तथा नयाँ मोडलका बाइक भने कम हराउने गरेका छन् ।
यी हुन् धेरै मोटरसाइकल चोरी हुने ठाउँ
ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका बालाजु, बौद्ध, महाराजगन्ज, गौशाला र काँडाघारी क्षेत्रबाट सबैभन्दा बढी मोटरसाइकल हराउने गरेका छन् । हराएका मोटरसाइकलधनीले दिएको निवेदनका आधारमा यी ठाउँबाट बढी मोटरसाइकल हराउने गरेको खुलेको हो । कतिपय अवस्थामा चालकले पैसा तिरेर पार्किङ गरेको स्थानबाट पनि मोटरसाइकल हराउने गरेका छन् । धेरै मोटरसाइकल हराउन थालेपछि ट्राफिक प्रहरी कार्यालयले सिभिल ड्रेसमा प्रहरीसमेत खटाउन थालेको छ ।
कहाँ पुग्छन् चोरीका मोटरसाइकल ?
चोरीका मोटरसाइकल ठाउँ र स्वरूप परिवर्तन गरेर चलाउने गरेको भेटिएको छ । उपत्यकाबाट चोरी भएका मोटरसाइकल मुख्य त पहाडी र तराईका भित्री बस्तीमा पु¥याउने गरिएको छ । कतिपयले मोडिफाई गरेर उपत्यकामै पनि चलाउने गरेको भेटिएको छ । नक्कली नम्बर प्लेट राख्ने, बाहिरी रंग परिवर्तन गर्ने, मोडिफाई गर्ने र ट्राफिक नपुगेको स्थानमा चलाउने गरेको कार्यालयका एसएसपी चतुर्वेदीले बताए । उनका अनुसार हाल भेटिएकामध्ये केही मोटरसाइकल मोडिफाई भएको अवस्थामा पनि भेटिएका छन् । प्रहरीका अनुसार कतिपयले बिमा क्लेम गर्नका लागि पनि जानाजान चोरी भएको भनेर निवेदन दिने गरेका छन् । उपत्यकाका विभिन्न स्थानबाट चोरी हुनेमध्ये पल्सर बाइक धेरै छन् । पल्सर बाइकको लक सिस्टम सहज भएकाले पनि बढी चोरी हुने गरेको ट्राफिक प्रहरीको ठम्याइ छ । त्यसपछि होन्डा कम्पनीका बाइक चोरी हुने गरेका छन् । तर, आधुनिक तथा नयाँ मोडलका बाइक भने कम हराउने गरेका छन् ।
मोटरसाइकल चोरीका घटना बढिरहेका छन्, घरबाट पनि हराएको निवेदन आइरहन्छन् । आफ्नो सवारीसाधन चोरी हुन नदिन चालक चनाखो हुनुपर्छ । सकेसम्म मोटरसाइकल सिसिटिभीको निगरानी भएको स्थानमा पार्किङ गरी लक पनि गर्नुपर्छ । हराएमा जतिसक्दो छिटो प्रहरीलाई खबर गर्नुपर्छ ।