युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

बुधबार, २८ कार्तिक, २०८१
डिजिटल संस्करण
युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

तस्बिर : नेपाल क्रिकेट संघ

यू–१९ महिला टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत जारी खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।

अजमानस्थित द सेभेन रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली  युएईले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ८३ रन बनाएको हो। युएईकी समयरा धरणीधरकाले सर्वाधिक ३१ रन बनाउँदा रिनिथा रजिथले २० रनको योगदान गरिन्।

बलिङतर्फ नेपालकी कृष्मा गुरुङले चार तथा रिया शर्माले दुई विकेट लिए। विश्वकप छनोटका लागि नेपालले आजको खेल ठूलाे अन्तरले जित्नैपर्ने दबाब छ।

सुझावित समाचार