काठमाडौंमा गुञ्जियो ‘कन्दरा’

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

कन्दरा ब्यान्डले काठमाडौंमा ऐतिहासिक कन्सर्ट गर्दै सांगीतिक विरासतको ३२औं वर्षगाँठ मनाएको छ। काठमाडौं कलिङ कन्दरा नाम दिइएको कन्सर्टमा शनिबार हजारौं दर्शकले उत्साहपूर्ण सहभागिता जनाएका थिए।

काठमाडौंको क्लब एलओडीमा भएको कन्दराकै पहिलो काठमाडौं कन्सर्टमा फरक उमेर समूहका सहभागीले ब्यान्डका हरेक गीतमा गाएर साथ दिएका थिए। कन्दरा कन्सर्टको आरम्भ गायक देवेन्द्र बब्लु र फिरन्तेको सांगीतिक प्रस्तुतिबाट भएको थियो, जसले परम्परागत र आधुनिक संगीतको फ्युजन प्रस्तुत गरे।

गायक विवेक श्रेष्ठ, गितारवादक देव लामा, बेसिस्ट पंकज झा, ड्रमर सुनिल थापा, मादलवादक अविनाश गायक र किबोर्डवादक नील घतानीको सशक्त लाइनअपका साथ कन्दरा मञ्चमा प्रस्तुत भएको थियो।

कन्दराले एलओडीको प्रस्तुतिमा आफ्ना कयौं पुराना क्लासिक गीतहरुलाई रिक्रिएट गरी नयाँ स्वाद र शैलीमा प्रस्तुत गर्दा नयाँ पुस्ताका स्रोताले समेत रुचाएको देखिन्थ्यो। कन्दराकालीन स्रोता त नोस्टाल्जिक हुने नै भए। कन्सर्टमा कन्दराले लोकरक शैलीको नयाँ गीत ‘विचरा म’समेत प्रस्तुत गरेको थियो।

काठमाडौं कलिङ कन्दरामा क्लब एलओडीसहित स्वेच्छिक इभेन्ट्स, टिआरएन इभेन्ट्स, खल्तीलगायतको संलग्नता थियो।

See More On

सुझावित समाचार