जापानमा मानव तस्करी प्रकरण : म्याद थपका लागि लीलाबल्लभ अदालतमा

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण
जापानमा मानव तस्करी प्रकरण : म्याद थपका लागि लीलाबल्लभ अदालतमा

फाइल तस्बिर

मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारीलाई अदालतमा उपस्थित गराइएको छ।

म्याद थप अनुमतिका लागि प्रहरीले अधिकारीलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो। 

प्रहरीले अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा अनुसन्धान अघि बढाएको छ। गत आइतबार पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंले दुई दिनको म्याद दिएकोमा थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले मंगलबार पुनः अदालतमा उपस्थित गराएको हो।

सुझावित समाचार