आगामी निर्वाचनअगावै संविधान संशोधन हुन सक्ने

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनअघि संविधान संशोधन हुन सक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए ।

उनले  प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने  बताए । उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे । 

महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबिच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढंगले सम्पादन गर्न दुईदलीय संयन्त्र गठन भएको जानकारी दिए।

सुझावित समाचार