नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएकाे बताउँदै पूर्वअर्थमन्त्री डा. महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गरे ।
नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिए।
महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेको बताए।