धादिङमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, थप एक घाइते

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

धादिङको बेनीघाट रोराङ गाउँपालिका– ३ डार्केफाँटमा बोलेरोले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ।

ताल्तीबाट मलेखु जाँदै गरेको बा.२०च १९९९ नम्बरको बोलेरोले ठक्कर दिँदा बेनीघाट– २ की १९ वर्षीया अनिषा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए।

त्यसैगरी, २६ वर्षीया प्रशंसा मिजार घाइते भएकी छिन्। चालक गोपीबहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए।

सुझावित समाचार