सुनको मूल्य तोलामा एक हजारले घट्यो

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा रु. एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ६५ हजार निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले घटेको छ । आइतबार प्रतितोला  एक हजार ९६० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार ९५५ रुपैयाँ निर्धारण भएको छ ।
 

See More On

सुझावित समाचार