कालीकोटमा जिप दुर्घटना हुँदा आठजनाको घटनास्थलमै मृत्यु

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

कालीकोटको पलाँतामा जिप दुर्घटना भएको छ । आइतबार पलाँता गाउँपालिका– ३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । दिउँसो साढे २ बजेतिर बाेलेरो जिप दुर्घटना भएको हो।

दुर्घटनामा आठजनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सुझावित समाचार