जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता : तिलाको देउती कैलाश युवा क्लब विजयी

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

दलित युवा जिल्लास्तरीय खुला फुटबल प्रतियोगितामा तिला गाउँपालिका– ३ कुडारीस्थित देउती कैलाश युवा क्लब विजयी भएको छ । अन्तिम फाइनल खेलमा तातोपानी गाउँपालिका– ६ हियाखोलाको समाज चेतना युवा क्लबलाई पेनाल्टी सुटआउटमा दुई गोलका विरुद्ध देउती कैलाश युवा क्लबले तीन गोल प्रहार गरी विजयी भएको हो ।

खेलमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा देउती कैलाश युवा क्लबले तीन गोल प्रहार गरी विजयी भएको छ । दलित सेवा संघ जुम्ला शाखाले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र दलित एकताका लागि खेलकुद भन्ने नारासहित जिल्लास्तरीय दलित खुला फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

विजयी युवा क्लबलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित ६६ हजार ६७० रुपैयाँ र दोस्रो हुने अर्थात् उपविजेता युवा क्लबलाई ३३ हजार ३३५  रुपैयाँ पुरस्कार प्रदान गरिएको दलित सेवा संघ जुम्लाका सचिव रामबहादुर नेपालीले बताए । नेपाली सेनाको टुँडिखेल मैदानमा ६ दिनसम्म सञ्चालन भएको फुटबल प्रतियोगितामा जिल्लाभरबाट १७ वटा टिम सहभागी रहेको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम सार्कीले बताए । 

सुझावित समाचार