नेपालले आज थाइल्यान्डविरुद्व खेल्ने

नेपाल र थाइल्यान्डबिचको खेल आज दिउँसो ३:१५ बजे सुरु हुने

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट

युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्यान्डविरुद्व खेल्ने भएको छ ।

नेपाल र थाइल्यान्डबिचको खेल आज दिउँसो ३:१५ बजे सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।  यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसिसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदै छ ।     
 

See More On

सुझावित समाचार