होटेलको जग खन्ने क्रममा भेटिएको बम निष्क्रिय पारियो

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिका–३, विशालनगरमा होटेलको जग खन्ने क्रममा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान निष्क्रिय पारेको छ।

सिद्धार्थ होटेलको जग खन्ने क्रममा शुक्रबार बम फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जेसिबीले जग खन्ने क्रममा जमिनको सतहबाट करिब एक मिटरमुनि खिया लागेको अवस्थामा बम फेला परेको बताए।

सकेट बमजस्तो देखिएको उल्लेख गर्दै उनले सेनाको टोलीले आज त्यहीँ डिस्पोज गरेको जानकारी दिए। उक्त बम जनयुद्धकालीन भएको हुन सक्ने सुरक्षा निकायको अनुमान छ।
 

सुझावित समाचार