विपत् व्यवस्थापनमा चेम्बरको सहकार्य

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबिच विपत् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढीपहिरोलगायतका विपत्जन्य घटनामा विपत् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुनर्स्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबिच सहकार्यको समझदारी भएको हो । 

काठमाडौंस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपत् व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

See More On

सुझावित समाचार