नारायणगढ–मुग्लिन सडक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस  र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एक–आपसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका– १ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेकी ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको भरतपुर अस्पताल र तीनजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 
 

सुझावित समाचार