छठको पूर्वसन्ध्यामा झकिझकाउ कमलपोखरी (फाेटाे फिचर)

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

छठको पूर्वसन्ध्यामा झकिझकाउ पारिएको कमलपोखरी। काठमाडौं महानगरपालिकाले कमलपोखरीसहित काठमाडौं महानगरका आठ स्थानलाई छठ मनाउने गरी तोकेको छ। महानगरका अनुसार वडा ८ को गौरीघाट, वडा ३२ को कोटेश्वर दोभान, वडा १ को कमलपोखरी, वडा ११ को वंशीघाट, वडा १६ को बालाजु बाइसधारा, वडा १३ को धौखेल खोला, वडा १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ मनाउन ठाउँ तोकिएको हो।

सुझावित समाचार