बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक व्यक्तिलाई पक्राउ गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका– ६ बस्ने चन्दनकुमार सिंहलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

३६ वर्षीय सिंहलाई बुधबार बिहान घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिंहले सोही ठाउँका भगवानलाल यादवसँग घरजग्गा किन्न भन्दै रु. ४८ लाख ७५ हजार ऋण लिएका थिए।

यादवले रकम माग्दा सिंहले आफ्नो नाममा सञ्चालनमा रहेको सिद्धार्थ बैंक राजविराज शाखाको चेक दिएका थिए। चेक साट्न जाँदा खातामा रकम नभएपछि बैंकले बाउन्स गरेपछि यादवले बैकिङ कसुरको मुद्दाको जाहेरी प्रहरीमा दिएका थिए।

सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत बाट ५ दिन म्याद थप गराएर अनुसन्धान कार्य गरिरहेको खतिवडाले जानकारी दिए।

सुझावित समाचार