पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ६ बन्छेटारमा दुईवटा बस एक–आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा.४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ख ३४९५ नम्बरको बस एक–आपसमा ठोक्किएका हुन् ।
घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रह्लाद सिलवालले जानकारी दिए। दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एक–आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।