काठमाडौंका आठ ठाउँमा छठ पर्व मनाइने

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ। गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला,  कुमारी क्लब र  भुवनेश्वरी मन्दिरमा व्यवस्थापनको कार्य मिलाइएको महानगरका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् । 

छठ पर्व सूर्यदेवको अनुष्ठान भएको भन्दै मेयर शाहले हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि ऊर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि  छठसँग जोडिएको उल्लेख गरेका छन् । 

तराईको केही क्षेत्रकेन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सदभाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दुधको अर्घ्य दिएर मनाइन्छ ।
 

See More On

सुझावित समाचार