हिमालपारिको सौन्दर्य [फाेटाेफिचर]

सोमबार, १९ कार्तिक, २०८१
डिजिटल संस्करण
हिमालपारिको सौन्दर्य [फाेटाेफिचर]

मुस्ताङको लेतेबाट देखिने हिमाल

हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम पहिलोपटक पुग्ने जोकोहीलाई सो क्षेत्र नेपाल नै हो भनेर पत्याउन मुस्किल पर्छ। जताततै हरिया वनजंगल, कलकल बग्ने खोलानाला, तालतलैया, समथर फाँट, चराचुरुंगी र वन्यजन्तु देख्ने बानी परेका आँखाले पनि जोमसोम र आसपासको क्षेत्र नेपाल नै हो भन्दा हत्तपत्त पत्याउँदैनन्। यहाँको भिन्न भूबनोट र प्रकृतिले गर्दा यो क्षेत्र अर्कै कुनै मरुभूमिले भरिएको देशभित्रको भूभागजस्तो लाग्छ। यसपटकको मुक्तिनाथ यात्राका क्रममा देखिएका केही मनोरम दृश्य यहाँ प्रस्तुत गरिएको छ :

कालीगण्डकी करिडोर र छेउमा कालीगण्डकी नदी
म्याग्दीको तातोपानीको झोलुंगे पुलमा रमाउँदै विद्यार्थी, पृष्ठभूमिमा नीलगिरि हिमाल
म्याग्दीको रुप्से झरनामा रमाउँदै आन्तरिक तथा वाह्य पर्यटक
ठिनी गाउँबाट देखिने जोमसोम बजारको दृश्य
‘मरुभूमि’ बीचमा फैलिएको ढुम्बा ताल
मुक्तिनाथ जाने सडक
कागबेनीआसपासको दृश्य
मुक्तिनाथ यात्राका क्रममा बाटोमा पर्ने गाउँ
घोडा चढेर मुक्तिनाथ जाँदै आन्तरिक पर्यटक
मुक्तिनाथ मन्दिर परिसरमा खचाखच दर्शनार्थी
मुक्तिनाथ मन्दिरदेखि अलि तल रहेको सुन्दर गुम्बा
मार्फाका रहस्यमयी घरहरू
मुस्ताङको लेतेबाट देखिएको पानोरामिक भ्यु

शब्द/तस्बिर : हरिशरण खनाल/नयाँ पत्रिका

सुझावित समाचार