नेपाल संवत् ११४५ का अवसरमा निकालिएको भिन्तुना र्‍याली (तस्बिरसहित)

शनिबार, १७ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए। 

नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।

नेपाल संवत् ११४५ का अवसरमा काठमाडौंको वसन्तपुरमा निकालिएको भिन्तुना र्‍याली :

सुझावित समाचार