छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक गम्भीर

शुक्रबार, १६ कार्तिक, २०८१
डिजिटल संस्करण

नुवाकोटकाे लिखु गाउँपालिका– ६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका– ३ का ३५ वर्षीय विनोद चौलागाईंको मृत्यु भएको हो ।  

दुर्घटनामा तादी– ३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाइतेको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार