साबित्रालाई अग्रपंक्तिको जिम्मा, रेखाको स्थानमा सरू खेल्दै

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

साफ महिला च्याम्पियनसिप २०२४ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ।

बुधबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध खेलेको पहिलो रोजाइमा एक परिवर्तन गरेका छन्। उनले फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरू लिम्बूलाई मौका दिएका छन् ।

रेखाले भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेंलो कार्ड व्यहोरेका कारण फाइनल गुमाएकी हुन्। प्रशिक्षक तामाङले अन्य खेलाडी भने यथावत राखेका छन्। अग्रपंक्तिको जिम्मेवारी भने साबित्रा भण्डारीलाई दिएका छन्। 

नेपालले भारत तथा बंगलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए।

फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे सुरु हुनेछ।

नेपालको पहिलो रोजाइमा अन्जिला तुम्बापो सुब्बा (कप्तान), विमला विक, पूजा राना, रेनुका नगरकोटे, अमिशा कार्की, गीता राना, प्रीति राई, अमृता जैसी, सबिता रानामगर, साबित्रा भण्डारी, सरू लिम्बू छन्।

सुझावित समाचार