चीनमा ओमोडा एन्ड जेइको इन्टरनेसनल शिखर सम्मेलन

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

ग्लोबल भिजनका साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) चीनको वुहुमा सम्पन्न भएको छ । उक्त समिटअन्तर्गतको ‘लार्ज–स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा सहभागिता थियो । सम्मेलनमा ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर)बिच ‘चेरिस नेचर’ नामक ग्लोबल कोअपरेसन प्रोजेक्ट (सहयोग परियोजना)मा हस्ताक्षरसमेत भएको बताइएको छ । 

सम्मेलनमा संयुक्त राष्ट्रसंघका आठौँ महासचिव बान कि–मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्रमा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीको योगदानप्रति प्रशंसा गरे । उनले दिगो विकासको अवधारणालाई प्रवद्र्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्वलाई जोड दिँदै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो–कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यका लागि आह्वानसमेत गरे । 

ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीले विश्वव्यापी इएसजी (इन्भायरोमेन्टल, सोसियल, र गभर्नेन्स) अलाएन्ससमेत घोषणा गरेको छ । सम्मेलनमा नेपालबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागिता थियो ।
 

सुझावित समाचार