मुद्दा जिताइदिन्छु भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाैं–निजगढ (फास्ट ट्र्याक) द्रुतमार्ग टेन्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भनी जाहेरीवालासँग पटक–पटक गरी एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका– १८ भैँसेपाटी बस्ने ४५ वर्षीय रवीन्द्र महर्जनलाई पक्राउ गरेको हो ।
महर्जजनले रकम नदिएमा मुद्दा हराइदिने धम्कीसमेत दिई नगद तथा कनेक्ट आइपिएसमार्फत विभिन्न मितिमा उक्त रकम लिएका थिए । ठगी गरी फरार रहेका महर्जनविरुद्ध ६ कार्तिकमा काठमाडाैं जिल्ला अदालतबाट पक्राउपुर्जी लिई खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अनुसन्धान कार्यालबाट खटिएको टोलीले १२ कात्तिकमा काठमाडौं– १० बुद्धनगरबाट पक्राउ गरेको हो ।