तिहारलाई चाँदीका सिक्का बिक्री सुरु

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले आइतबारदेखि चाँदीका सिक्का बिक्री सुरु गरेको हो।

१० ग्राम, २५ ग्राम र ३५ ग्राम तौलमा निकालिएको सिक्काको मूल्य यस वर्ष केही वृद्धि गरिएको छ। सुनचाँदीको मूल्य वृद्धि भएसँगै राष्ट्र बैंकले गत वर्षको तुलनामा चाँदीका सिक्काको मूल्य पनि बढाएको हो।

सुनका असर्फी भने कात्तिक १३ गते मात्रै बिक्री गरिने टक्सार महाशाखाले जनाएको छ।

तस्बिरमा हेर्नुस् टक्सारकाे भीड :

सुझावित समाचार