अपि पावरको ५ प्रतिशत लाभांशसहित चार कम्पनीमा लगानी गर्ने प्रस्ताव पारित

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

अपि पावर कम्पनीको साधारणसभाले लाभांशसहित चार कम्पनीमा लगानी गर्ने प्रस्ताव अनुमोदन गरेको छ । आइतबार सम्पन्न साधारणसभाले सो प्रस्ताव अनुमोदन गरेको छ । साथै, सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित पनि गरेको छ ।

सभाले विशेष प्रस्तावमा गत आवसम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्तावसमेत राखेको थियो । उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा ४३ इकाइसहितको नौतले आवासीय भवन  निर्माणकार्य अगाडि बढाइसकेको छ ।

त्यस्तै, अपिको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत् आयोजना ९९.७ मेगावाट निर्माण गर्ने, सुदूरपश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्यचमेलिया जलविद्युत् आयोजना ९२८.३ मेगावाट निर्माण गर्ने प्रस्ताव पनि पारित भएको छ । त्यसैगरी, कम्पनीले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत् आयोजना नौ सय ११ मेगावाट निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ । 

सुझावित समाचार