भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालबिच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा आइतबार छलफल भएको छ ।
सो क्रममा भक्तपुर नगरपालिका– १ दुधपाटीस्थित भाज्या पुखुको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा भाज्या पुखु र भक्तपुर क्याम्पस दुवैको सौन्दर्यमा वृद्धि हुने गरी अगाडि बढ्न आवश्यक पहल गर्ने निर्णय भएको छ।
मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले आठ सय वर्ष पुरानो घाँसेमैदानको रूपमा रहेको भाज्या पोखरीलाई आफ्नै लगानीमा मध्यभागमा जलेश्वर मन्दिर निर्माण गरी पोखरीको चारै दिशाका डिल खोल्न पहल गरिरहेको बताए ।