क्यानडाको क्याल्गरीमा पहिलोपटक गुन्जिँदै सबिन राई

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

नोभेम्बर १ शुक्रबार साँझ क्यानडाको क्याल्गरीमा पहिलोपटक सबिन राई र फारोह ब्यान्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रम ‘समर्पण यात्रा’ हुने भएको छ।

दीपावली र भाइटीकाको अवसरमा क्याल्गरी–चाइनिज कल्चरल सेन्टरको हलमा कन्सर्ट हुन लागेको आयोजक एमजिजी इन्टरटेनमेन्टका संस्थापक राजेन्द्र चोङबाङ (ठुले)ले जानकारी दिए।

आधुनिक रक, पप गायनमा नेपालका लोकप्रियमध्येका एक गायक सबिन राई मुख्यतः नेपाली युवा पुस्तामा सफल मानिन्छन्। उक्त कन्सर्टमा क्याल्गरीमा बसोबास गर्ने स्थानीय कलाकारले समेत आफ्नो प्रस्तुति दिने बताइएको छ।

कार्यक्रमलाई क्याल्गरीमा रहेका संघसंस्थाहरूको साथ रहने आयोजक चोङबाङले बताए।

सुझावित समाचार