धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका– ६ मा विद्युतीय भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए।

घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको उनले बताए। सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरूले रिजर्भ गरेको बताइएको छ।

दुर्घटनामा परी घाइते भएकाहरूको दुर्घटनास्थलनजिकै रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको सिलवालले जानकारी दिए।

सुझावित समाचार