पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टी

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

दक्षिण अफ्रिकाका पूर्वखेलाडी तथा प्रशिक्षक जोन्टी रोड्स पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। उनले शुक्रबार टोलीको सल्लाहकारको रूपमा तीन वर्षको सम्झौता गरेका छन्। एनपिएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्वदक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगका लागि आफ्नो टिमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका हुन्। 

जोन्टीले मुम्बई इन्डियन्स र हाल लखनउ सुपर जायन्ट्ससँग काम गरेका छन्। उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन्। पोखराको मेन्टरमा नियुक्त भएपछि रोड्सले उत्साहित भएको बताएका छन् । ‘मेरो सीप र अनुभवमार्फत सम्पूर्ण  खेलाडी र प्रमुख कोच राजीव कुमारलाई सहयोग गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु।’ 

रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटो प्रशिक्षण दिएका थिए। हाल उनी आइपिएलको लखनउ सुपर जायन्ट्ससँग आवबद्ध छन्। एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ। टोलीको मार्कीमा कुशल भुर्तेल छन्।
 

See More On

सुझावित समाचार