कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकामा एक युवादम्पतीको हत्या भएको छ। जिल्लाको लालझाडी गाउँपालिका– १ बिनबारीका स्थानीय बडायकदम्पती रमेश बढायक (रामेश्वर) बडायक र कमला बडायकको हत्या भएको हो ।
शुक्रबार बिहान रामेश्वर बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका छन्। गएराति उनीहरूको हत्या भएको प्रहरीको आशंका गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बिनबारीका ४६ वर्षीया रमेश बडायक र ४३ वर्षीया उनकी श्रीमती कमला बडायक मृत फेला परेको बताए।
‘उनीहरूको शरीरमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ,’ उनले भने, ‘अहिले नै हत्या वा के कारणले भयो भन्नेबारेमा हामी भन्न सक्दैनौँ, तर प्रहरीले अनुसन्धान जारी राख्छ।’ हत्यारा समूहको पहिचान गर्नका लागि प्रहरीले धनगढीबाट कुकुरसमेत मगाइएको छ।
बडायकदम्पतीका एक छोरा भारत र अर्का छोरा स्वदेशमै रहेका छन् । बडायकदम्पतीको हत्यासँगै गाउँमा सन्नाटा छाएको छ । स्थानीयले हत्याराको पहिचान गरेर कारबाहीको माग गरेका छन् ।