रोल्पाको लुङ्ग्रीमा बोलेरो दुर्घटना, दुईदिने शिशुको मृत्यु

बुधबार, ७ कार्तिक, २०८१
डिजिटल संस्करण

रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका– ४ कागडाँडामा डबलक्याब बोलेरो दुर्घटना भएको छ। लु.३च १६५६ नम्बरको बालेरो बुधबार बिहान ५ बजेतिर दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु भएको छ।

रोल्पाको लुङ्ग्री गाउँपालिका– १ छिउधरनिवासी अमृत रोकाको दुईदिने छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा बोलेरो दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

सुझावित समाचार