रुपन्देहीमा प्रहरीले अवैध रूपमा ल्याइएका ३० वटा आइफोन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका– ४ बालापुरबाट मोबाइलसहितका सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी निकासी–पैठारी गरेको अवस्थामा मोबाइलसहितका सामान बरामद गरिएको हो ।
अन्दाजी ११ लाख ५१ हजार आठ सय रुपैयाँबराबरको सामानहरू बरामद गरिएको छ। बरामद गरिएका सामानहरूमा ३० वटा आइफोन, जुत्ता ७० जोर, चकलेट आठ कार्टुन बुकी पेपर चार बोरा, ताजा फूल तथा फूलका बिरुवाहरू ७० केजी रहेका छन् । बरामद सामानहरू आवश्यक कारबाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।