साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र माल्दिभ्सबिच प्रतिस्पर्धा भइरहेको छ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको छ। रेखा पौडेलले दुई तथा प्रीति राई र सबिता रानामगरले समान एक-एक गोल गरे।
नेपाल प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा छ। प्रशिक्षक राजेन्द्र तामाङले भुटानविरुद्ध खेलेका पाँच खेलाडीलाई विश्राम दिएका छन्। कमजोर मानिएको माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमै चार गोल गरेको हो।
फ्रान्सबाट आएकी फर्वार्ड साबित्रा भण्डारी बेन्चमा छिन्। आज नै भएको पहिलो खेलमा भुटानले श्रीलंकालाई हराएको छ।