खिम्ती–लामोसाँघु प्रसारण लाइनमा इआरएस टावर

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारणलाइनको टावर आपत्कालीन पुर्स्थापना प्रणाली (इमर्जेन्सी रिस्ट्रोरेसन सिस्टम (इआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइने भएको छ । 

तामाकोशीको बाढीले रामेछापको मन्थली नगरपालिका–१३, देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारणलाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चारवटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको कारण उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौंको प्रसारणलाइन लिंक टुटेको छ । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ । 

उक्त लाइनबाट विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारणलाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाहरूको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती–लामोसाँघु प्रसारणलाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको बताए ।
 

सुझावित समाचार