ग्लोबल आइएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबिच सम्झौता भएको छ । स्विच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसिएनसी इन नेपाल’ (बिन) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यास प्रवद्र्धनका लागि समझदारी भएको हो ।
समझदारीमा बैंकका ग्रिन एन्ड सस्टेनेबल बैंकिङ प्रमुख असीम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रकका प्रतिनिधि तथा बिन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे ।बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रिन होम लोन’ विशेष कर्जा योजना लागू गर्दै आएको छ ।
बैंकका अनुसार यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवद्र्धन गर्न सहयोग पुर्याउनेछ ।