कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा)मा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
गत २५ र २६ भदौमा सञ्चालन भएको पूरक परीक्षामा एक लाख २२ हजार १७१ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजामा परीक्षार्थीलाई चित्त नबुझेमा १५ दिनभित्र पुनर्योग फारम भर्नुपर्नेछ ।