बेपत्ता छानबिन र सत्य निरुपण आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नयाँ सिफारिस समिति गठन गरेको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ०८० चैत ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिका सदस्यहरूमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा. अर्जुनकुमार कार्की (संखुवासभा) र स्टेला तामाङ (गोरखा) रहेका छन्।

यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य पनि सिफारिस समितिको सदस्य रहनेछन्।

See More On

सुझावित समाचार