गुल्मी प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले ठुलो परिमाणमा अवैध मदिरा तथा मदिराको कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ।

प्रहरीले रेसुंगा नगरपालिकाका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६५५ लिटर, तयारी मदिरा १६२ लिटर र मोर्चा ६ किलो बरामद गरेको थियो।

अवैध घरेलु मदिरा उत्पादन गरेर बिक्री–वितरण गरेको स्थानीयको गुनासोको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए। 

बरामद गरिएको मदिरा र कच्चा पदार्थलाई सरोकारवालाको उपस्थितिमा रेसुंगा नगरपालिका– ७ को डम्पिङसाइटमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार