गणेश श्रेष्ठको ‘नआओस् दसैँ’ गीत सार्वजनिक

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

विजयादशमीको अवसरमा चण्डिका श्रेष्ठको प्रस्तुतिमा गणेश श्रेष्ठको ‘नआओस् दसैँ’ बोलको गीत ओएसआर मुभिजबाट सार्वजनिक भएको छ।

नेपालमा बढेको बेरोजगार समस्याले बिदेसिनुपर्ने नेपालीको कथासँगै चाडपर्व आउँदा नेपालमा पिरोलिनुपर्ने परिवारको कथामा आधारित यस गीतको भिडियोमा पार्वती गिरी र आदित आचार्यलगायतका कलाकारको अभिनय रहेको छ।

गणेश श्रेष्ठको शब्द–संगीतमा धीरेन्द्र राई तथा सहिमा श्रेष्ठको स्वर रहेको छ। सन्तोषप्रगाढ राईको एरेन्ज, रामेश्वर हुमागाईंको छायांकन, अनन्त घिमिरेको सम्पादन तथा सन्तोष पराजुली प्राविधिक रहेको गीतको निर्माता चण्डिका श्रेष्ठ र दिनेश बुढाथोकी हुन्।

गीतको कथा–निर्देशन देवप्रसाद धिमालले गरेका हुन्।

सुझावित समाचार