युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर, बाँकेले विभिन्न कार्यक्रमको आयोजना गरी समूह सदस्यहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ ।
बर्दियाको बारबर्दिया र मधुवन नगरपालिका, कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाका एक हजारभन्दा बढी समूह सदस्यहरूलाई नि:शुल्क फलफूलको बिरुवा वितरण गरिएको छ ।
पालिकाका अनुसार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी फलफूलका बिरुवा वितरण गरिएको थियो । उक्त कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।