न्यायालयप्रति विश्वास छ, सघाउँछौँ : डिपी अर्याल

शनिबार, ३ कार्तिक, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरू विश्वस्त रहेको बताएका छन्। 

सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उनले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताए। पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले रास्वपा सहकारीपीडितका पक्षमा रहेको र दोषीलाई छुट दिन नहुनेमा जोड दिए। 

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा संगठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न लामिछानेलाई शुक्रबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको छ।

सुझावित समाचार